काठमाडौँ, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम आगामी चैत ३ र ४ गते काठमाडौँमा हुनेछ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूलाई संसदीय प्रक्रिया, जिम्मेवारी तथा पार्टीको नीतिबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने र जनसरोकारका मुद्दा कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् ।














