काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा जाने ५७ सांसदको नाम टुंग्याएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बनस्थली मा बसेको सचिवालय बैठकले सूची तयार गरेको प्रवक्ता मनिषझा ले जानकारी दिए । रास्वपाले पाएको ५७ सिटमध्ये ४८ महिला र ९ पुरुष छन् ।
समुदायगत रूपमा खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना छनोट गरिएको बताइएको छ ।
नाम टुंगो लागे पनि सूची भने हालसम्म सार्वजनिक गरिएको छैन । सचिवालयले उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाउने जनाएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ ।














