जनकपुरधाम, ३० फागुन । प्रतिनिधिसभा निर्वाचनका कारण अस्थायी रूपमा रोकिएको कुर्था-जनकपुर-जयनगर रेलमार्ग पुन सञ्चालनमा आएको छ ।
रेल सेवा पुन सुरु भएपछि जनकपुरधाम तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका सर्वसाधारण यात्रुहरूलाई आवतजावतमा सहजता भएको छ ।
निर्वाचनको समयमा सुरक्षाका कारण केही समयका लागि पूर्ण रूपमा बन्द गरिएको रेल सेवा अहिले पुन नियमित रूपमा सञ्चालन भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
नेपाल रेल्वे राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग परियोजनाको सर्लाही खण्डको काम करिब ९० प्रतिशत पूरा भएको लालबन्दीस्थित आयोजना कार्यालयले जनाएको छ ।














