काठमाडौं, ३० फागुन । इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि विरोध प्रदर्शन गरेका छन् ।
युवाहरूको एक समूहले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा सजाय दिन माग गरे ।
प्रदर्शनकारीहरूले बलात्कार तथा हत्याका दोषीलाई फाँसीको व्यवस्था गर्नुपर्ने भन्दै ‘महिला तथा दलितमाथिको हिंसा अन्त्य गर’ र ‘पीडितलाई न्याय दे’ जस्ता नाराबाजी गरेका थिए ।
वीरेन्द्रनगरस्थित सामुदायिक वनमा इनिसा विक मृत अवस्थामा फेला परेपछि उक्त घटनाको विरोधमा देशभर आवाज उठ्दै आएको छ ।














