काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ ।
बैठक बस्ने भए पनि समय र स्थान भने तय भइसकेको छैन । पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थालाई हेरेर बैठकको समय र स्थान निर्धारण गरिने जनाइएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसका विषयमा छलफल हुने बताइएको छ।
साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।














