जनकपुर, २२ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. १ मा झडप भएका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनपछि मतगणनालाई लिएर विवाद बढेपछि स्थानीय स्तरमा तनाव उत्पन्न भएको हो ।
निर्वाचनअघि निर्वाचन आयोग नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेज गरेको थियो । तर मतपत्रमा पार्टीको चुनाव चिन्ह ‘घन्टी’ भने यथावत रहेकाले धेरै मतदाताले सोही चिन्हमा मतदान गरेका थिए ।् घन्टी चिन्हमा परेको मत पनि गणना गर्नुपर्ने माग गर्दै समर्थकहरू भेला भएका थिए ।
सोही क्रममा विपक्षी दलका केही युवा कार्यकर्तासँग भनाभन र हातपात हुँदा झडप भएको स्थानीयले बताए ।् घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य बन्दै गएको बताइएको छ । घन्टी चिन्हमा परेको मत गणना गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय भने निर्वाचन आयोग नेपालले गर्ने जनाइएको छ ।














