काठमाडौं, २२ फागुन । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् ।
उनले ३ हजार ७०७ मत प्राप्त गर्दै एमालेका इन्द्रधारा विष्टलाई पराजित गरे। विष्टले १ हजार ८०६ मत पाए । २०७९ को निर्वाचनमा पनि विजयी भएका गौचन पूर्वमन्त्री रोमी गौचनका छोरा हुन् ।
पर्यटन व्यवसायी समेत रहेका ३२ वर्षीय गौचनको मुस्ताङमा होटल व्यवसाय छ । यस क्षेत्रमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अद्धितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
गौचन १ हजार ५०१ मतान्तरले विजयी भएका हुन् ।














