काठमाडौं, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने (रञ्जु दर्शना) भारी मतान्तरसहित विजयी उन्मुख भएकी छन् ।
हालसम्मको मतगणनाअनुसार उनले १४ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी प्रवल थापाले ६ हजार ७ मत पाएका छन् ।
त्यसैगरी विन्द्र मिश्राले ३ हजार ७ सय २५ मत र मोहन रेग्मीले १ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत चुरामणि खडकाका अनुसार मतगणना अन्तिम चरणमा पुगेको छ र औपचारिक परिणाम केहीबेरमै सार्वजनिक गरिनेछ ।














