काठमाडौं, २१ फागुन । रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन् ।
राष्ट्रपतिले निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै देशमा देखिएको जटिल परिस्थितिले निकास पाएको उल्लेख गर्दै यस कार्यमा सक्रिय भूमिका खेलेका सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र आम मतदातालाई धन्यवाद दिएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति आभार व्यक्त गरेका छन् ।














