काठमाडौं, १९ फागुन । आसन्न निर्वाचन र होलीका कारण परेको लामो सार्वजनिक बिदा बीच काठमाडौं उपत्यकाबाट आठ दिनमा ३ लाख ५३ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुन १० देखि १७ गतेसम्म उक्त संख्यामा यात्रु विभिन्न जिल्लातर्फ गएका हुन् ।
गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र आइतबार ४ सय ८० माइक्रो र यात्रुवाहक बस बाहिरिएका थिए, जुन सामान्य दिनभन्दा धेरै हो। बढ्दो सवारी चापका कारण नागढुंगा-नौबिसे र बीपी राजमार्गमा घण्टौं ट्राफिक जामसमेत भएको छ।
बसपार्क व्यवस्थापनका अनुसार चार दिनमै झन्डै डेढ लाख यात्रुले चुनावका लागि टिकट काटेका छन् ।














