काठमाडौं, १९ फागुन । साउदी अरबको राजधानी रियादस्थित संयुक्त राज्य अमेरिका दूतावासमा दुई ड्रोनमार्फत आक्रमण भएको पुष्टि भएको छ ।
साउदी रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमा सामान्य भौतिक क्षति पुगेको र लागेको आगो नियन्त्रणमा लिइएको छ । आक्रमणका बेला भवन खाली रहेको जनाइएको छ ।
डोनाल्ड ट्रम्पले घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले चाँडै उचित कदम चाल्ने बताएका छन्। इरान र अमेरिका–इजरायलबीच जारी द्वन्द्वका कारण मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ ।














