KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसमा उत्सवको माहोल : मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाममा

मधेसमा उत्सवको माहोल : मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाममा

जनकपुरधाम, १८ फागुन । मिथिलाको महाकुम्भका रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज सोमबार जनकपुरधाम आइपुगेको छ ।

फागुन ४ गतेदेखि विधिवत् रूपमा सुरु भएको यस ऐतिहासिक परिक्रमामा सहभागी साधुसन्त, महन्त तथा हजारौँ श्रद्धालुहरू सोमबार बिहान जनकपुरधाम प्रवेश गरेका हुन् ।

परिक्रमामा सहभागी श्रद्धालुहरूले आज राति १ बजेदेखि जनकपुरधाम नगरभित्र विशेष धार्मिक परम्पराअनुसार अन्तगृह (पञ्चकोसी) परिक्रमा गर्ने चलन रहेको छ । यस अन्तगृह परिक्रमालाई माध्यमिकी परिक्रमा अन्तर्गतको अत्यन्त महत्वपूर्ण विधिका रूपमा लिइन्छ । अन्तगृह परिक्रमा सम्पन्न भएपछि मधेस क्षेत्रमा परम्परागत रूपमा होली पर्व मनाउने चलन रहिआएको छ ।

धार्मिक विश्वासअनुसार फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला र जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर हुँदै जनकपुरको हनुमाननगर पुगेपछि परिक्रमा विधिवत् रूपमा प्रारम्भ हुने परम्परा छ ।

इतिहासअनुसार १८औँ शताब्दीमा सन्त सियालालजी शरण ले यस परिक्रमा परम्पराको प्रारम्भ गरेको मान्यता छ । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पारम्परिक सद्भावको प्रतीक मानिने यस परिक्रमामा नेपालका १३ र भारतका २ गरी कुल १५ विश्रामस्थल पार गर्दै करिब १३३ किलोमिटर पैदल यात्रा गरिन्छ ।

हरेक वर्षझैँ यस वर्ष पनि परिक्रमाका कारण जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा धार्मिक उत्साह, भक्तिमय वातावरण र चहलपहल बढेको छ । स्थानीय बासिन्दा, संघसंस्था तथा सुरक्षानिकायहरू परिक्रमालाई व्यवस्थित बनाउन सक्रिय देखिएका छन् ।

Facebook Comment

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar