रोल्पा, १७ फागु । रोल्पाको लिबाङमा आयोजित नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेता झक्कु सुवेदीले वर्षमान पुनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन्। उनले वर्षमान पुन पार्टी र देशको नेतृत्व गर्न सक्षम भएको दाबी गरे ।
सभामा बोल्दै ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ ले सुवेदीको भनाइलाई समर्थन गर्दै वर्षमान पुनमा मुलुकको नेतृत्व लिन सक्ने क्षमता देखेको बताए ।
उनले रोल्पाली मतदातालाई वर्षमान पुनलाई रेकर्ड बहुमतले जिताउन आग्रह गरे र उनलाई आवश्यक भूमिका दिने जिम्मेवारी आफूले लिने स्पष्ट पारे ।
प्रचण्डले वर्षमान पुनप्रति ठूलो आशा र भरोसा रहेको बताउँदै समाजवादको नयाँ यात्राका लागि जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।














