काठमाडौँ, १४ फागुन । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा संयुक्त गस्ती सुरु गरिएको छ ।
शान्ति सुरक्षा कायम राख्न र आपराधिक गतिविधि नियन्त्रण गर्न एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सम्भावित अप्रिय घटना रोक्न र निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यकता अनुसार विभिन्न स्थानमा सुरक्षा गस्ती भइरहेको छ ।














