काठमाडौँ, १३ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् ।
यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएका मतदानस्थलबाट मतदान गर्न पाउनेछन् । निर्वाचनका क्रममा आफ्नो स्थायी मतदानस्थलमा पुग्न नसक्ने सरकारी कर्मचारी, सुरक्षा निकाय, कारागारका थुनुवा–कैदी तथा निर्वाचनमा खटिएका कर्मचारीलाई अस्थायी मतदाता सूचीमा समावेश गरिएको हो ।
निर्वाचन आयोगले अस्थायी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरेको सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।














