बुटवल, ५ फागुन । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा भैरहवास्थित लुम्बिनी गेट नजिक शंकास्पद वस्तु फेला परेको छ ।
बोराभित्र राखिएको उक्त वस्तुमा ‘नेपाल बन्द सफल पारौं’ लेखिएको कागज भेटिएपछि केही समय सवारी आवागमन रोकिएको थियो ।
पछि नेपाली सेना को टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखिएको पाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
फागुन २१ को चुनाव बहिष्कारको आह्वानसहित गरिएको बन्दका कारण शिक्षण संस्था बन्द छन्, सवारी साधन चलेका छैनन्, तर बजार खुलेका छन् ।














