झापा, ४ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम सुरु गर्नासाथ सरकार ढालिने गरेको गुनासो गरेका छन् ।
चुनावी घरदैलोका क्रममा उनले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपरेको बताए । रेल, पानीजहाज, औद्योगिक क्षेत्रजस्ता विकासका योजनामा देशभित्र र बाहिरका शक्तिहरूले अवरोध गरेको उनको दाबी छ ।
उनले सभागृह, रंगशाला र आइटी हबजस्ता संरचना विकासका लागि आवश्यक रहेको भन्दै काम रोक्न नहुने धारणा राखे ।














