सर्लाही, ३ फागुन । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको छ ।
३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ः५० बजे घर बाहिर बोलाई गोली हानिएको प्रहरीले जनाएको छ । सिरहाको सुखीपुर गाउँपालिका–३ घर भएका यादव एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएका थिए ।
गोली लागेर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवा पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।














