काठमाडौँ, ३ फाल्गुन । केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको महासंग्राम’को संज्ञा दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीले झापाको दमकमा धिमाल समुदायका अगुवासँगको भेटघाटमा बोल्दै यो चुनाव केवल प्रतिनिधि छान्ने नभई विकास र विनाशबीचको रोजाइ भएको बताए ।
उनले धिमाल जातिको विकासका लागि अघिल्लो सरकारले छुट्याएको बजेट वर्तमान सरकारले काटेको आरोप लगाए ।
धिमाल समुदायलाई ‘धर्तीपुत्र’ भन्दै उनले शिक्षा, स्वास्थ्य र पहिचान संरक्षण आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरे ।














