काठमाडौं, ३ फाल्गुन । विश्वप्रकाश शर्माले परिवर्तित राजनीतिक अवस्थामा नेपाली कांग्रेसप्रति जनविश्वास तीव्र रूपमा बढ्दै गएको दाबी गरेका छन् ।
आइतबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले कांग्रेस अहिले सबैभन्दा ठूलो दल बन्ने दिशामा अघि बढेको र यही गति कायम रहे आगामी एक हप्ताभित्र बहुमतको तहमा पुग्ने बताए ।
जेन–जी मुभमेन्टपछि कांग्रेस सबैभन्दा बढी परिवर्तन भएको पार्टी भएको उनले बताए । कार्यक्रममा जसपाका केही नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।














