जनकपुर, १ फाल्गुन । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१० हारसरमा विभिन्न राजनीतिक दल परित्याग गरी २०० भन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीयस्तरमा आयोजित एक कार्यक्रममा उनीहरूले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा सत्यनारायण राउत, महेन्द्र दास, जसपाबाट आएका साबिर कवाडी, हरिचन्द्र साह, रिकु साह, आचल राउत, मुन्नी राउत लगायतका स्थानीय अगुवाहरू रहेका छन् ।
उनीहरूले कांग्रेसको नीतिमा विश्वास बढेको र जनताको अधिकार तथा लोकतान्त्रिक मूल्यको संरक्षणका लागि कांग्रेस उपयुक्त दल भएको बताए ।
कार्यक्रममा धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले नवप्रवेशीहरूलाई माला र गम्छा लगाएर स्वागत गर्दै नेपाली कांग्रेस लोकतन्त्र, समावेशी राजनीति र जनताको पक्षमा उभिएको पार्टी भएको उल्लेख गरे।
उनले कांग्रेसमा बढ्दो आकर्षणले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार, समानुतिक उम्मेदवार डा. चन्द्रमोहन यादब, क्षेत्रीय सभापति कुमारकान्त झा लगायत कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेताहरूले पार्टी संगठन थप सुदृढ बनाउँदै जनताको मुद्दामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।














