काठमाडौँ, १ फाल्गुन । पुर्ब राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् ।
उनका समर्थकहरूले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर स्वागत गर्ने तयारी गरेका छन् । विमानस्थलभित्र निषेधाज्ञा लागू भएकाले प्रवेशमा कडाइ गरिएको छ ।
सुरक्षाका लागि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ भने विमानस्थल बाहिर सडक क्षेत्रमा पनि आवश्यक सुरक्षाबन्दोबस्त मिलाइएको छ ।














