काठमाडौं, २९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा पनि आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्न सकिने बताएकी छन् ।
सोलुखुम्बुमा निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनको स्थलगत निरीक्षणपछि उनले कुनै पनि बहानामा निर्वाचन नसारिने स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुर्गम हिमाली मतदान केन्द्रहरूमा आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न निर्देशन दिइन्।
जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सातवटा हिमाली क्षेत्रमा रहेको जनाउँदै मौसम र भौगोलिक जोखिमलाई ध्यानमा राखी वैकल्पिक योजना तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।














