जनकपुर, २८ माघ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुलुकमा पुँजीगत खर्च हुन नसक्नुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
अख्तियारको ३५औँ स्थापना दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले उजुरीकै कारण विकास निर्माणका आयोजना रोकिँदा ५० प्रतिशत पनि पुँजीगत खर्च हुन नसकेको बताए ।
उजुरीपछि कर्मचारी निलम्बन हुने डरले काम ठप्प हुने अवस्था आएको उल्लेख गर्दै उनले विकासका लागि सहज वातावरण आवश्यक रहेको जोड दिए ।














