काठमाडौं, २८ माघ । निर्वाचनका बेला नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परे सशस्त्र प्रहरी बल नेपाल तत्काल परिचालन हुने भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आवश्यक परे आदेश कुर्नु नपर्ने गरी स्वतः परिचालन हुन निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्था अनुगमनका क्रममा उनले स्याङ्जा र पाल्पाका युनिट तथा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।














