एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज सहरको एक हाई स्कुलमा बुधबार बिहान अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
घटनापछि स्कुल बन्द गरिएको छ र ठूलो संख्यामा प्रहरी तथा एम्बुलेन्स टोली परिचालन गरिएको छ । गोली प्रहार गर्ने आशंकित व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने घटनास्थल वरपर सुरक्षा कडा बनाइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी छ ।














