जनकपुर, २७ माघ। नेपाल तरुण दल जनकपुरधाम नगर सभापति पंकज महतोले नेपाली कांग्रेस परित्याग गरेका छन्।
चुनाव नजिकिँदै गर्दा उनको राजीनामाले पार्टीलाई असर पर्ने विश्लेषकहरूको भनाइ छ।
स्रोतका अनुसार महतो धनुषा क्षेत्र नं. ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिसँग असन्तुष्ट थिए।
१८ वर्षदेखि कांग्रेसमा सक्रिय महतोले विज्ञप्ति जारी गर्दै पार्टीका सहकर्मीप्रति धन्यवाद दिएका छन्।
उनले हालसम्म कुन पार्टीमा जाने भन्ने निर्णय नगरेको जनाएका छन्।














