सिरहा, २७ माघ । गोली र नगदसहित कारागारका नाइके इन्द्रजित यादव पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न तनाव अझै कम हुन सकेको छैन ।
विशेष सर्च अपरेसनमा यादवको कोठाबाट कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ बरामद भएपछि यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसको विरोधमा कैदीहरूले छतमाथि बसेर नाराबाजी जारी राखेका छन् । स्थिति नियन्त्रणका लागि प्रहरी परिचालन बढाइएको छ र जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।














