वीरगञ्ज, २६ माघ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सारको संयुक्त टोलीले राजस्व छलीको सूचनाका आधारमा छापा हानेको क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
झडपमा तीन जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् । बबिता इन्टरप्राइजेज’ नामक गोदाममा खानतलासीका क्रममा व्यापारीहरूले बिलबिजक हुँदाहुँदै सामान नियन्त्रणमा लिन खोजिएको भन्दै विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो ।
त्यसक्रममा ढुङ्गामुढा हुँदा प्रहरीको गाडीको सिसा फुटेको छ । छापामारीका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका कपडाका सामग्री नियन्त्रणमा लिइएको छ ।
घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सामानको वैधताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














