काठमाडौँ, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाता मुलुकमा राजसंस्था आवश्यक रहेको पक्षमा रहेको दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवाहरूमा पनि हिन्दु राष्ट्र र राजसंस्थाप्रति चाहना बढ्दै गएको बताए ।
काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका थापाले भ्रष्ट नेता र पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गर्दै, घर–घरमा पुगेर भ्रष्टाचारविरुद्ध मत माग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।














