विराटनगर, २३ माघ । नेपाल-भारत डिआईजीस्तरीय सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन्।
शुक्रबार दिउँसो विराटचोकमा बैठक चलिरहेका बेला अचानक ढलेपछि उनलाई उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएको थियो।
उच्च रक्तचापका कारण उनी ढलेको र जिब्रो काटिएको अस्पताल स्रोतले जनाएको छ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको छ र अवस्था ‘क्रिटिकल’ रहेको बताइएको छ।














