काठमाडौं, २२ माघ । जय मातृभूमि पार्टीका समानुपातिक उम्मेदवार श्याम कुमार राउतले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता भेटघाट र प्रचार अभियान तीव्र बनाएका छन् ।
उनले आफूलाई मिटरब्याजी पीडितको आवाज बनिसकेको बताए । उम्मेदवार राउतले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पक्षमा समर्थन मागेका छन् ।
उनले सबै मतदातालाई आफ्नो अमुल्य समानुपातिक मत आमा छापमा मत दिन विनम्र अनुरोध गरेका छन् । राउतले भने, “हजुरहरुको एउटा अमुल्य मतले मिटरब्याजी पीडितको आवाज संसदसम्म पु¥याउन सहयोग गर्नेछ ।
जय मातृभूमि पार्टीको आमा छाप नै रोजौँ । उनको अभियान मुख्यतः पीडित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय र समावेशीतालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको छ ।














