काठमाडौं, २२ माघ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले चितवन घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरेको हो ।
उनलाई अदालतबाट पाँच दिनको हिरासतमा राखेर आपराधिक उपद्रव कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














