काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने र एकै चरणमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी छिन् ।
बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले मौसम अनुकूल रहने र सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन् ।
उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगको भूमिका प्रशंसनीय रहेको बताइन् ।














