काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगजनी र हत्या गर्नेहरू नै उल्टै आफूलाई हत्यारा भन्दै झुटा आरोप लगाइरहेको बताएका छन् ।
झापावासीहरूसँगको भेटघाट कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका घटनामा योजनाबद्ध रूपमा अराजकता सिर्जना गरिएको दाबी गरे ।
ओलीले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन्छ भन्ने आरोप निराधार र हास्यास्पद भएको भन्दै यस्ता आरोप लगाउनेहरू झुटा र बेइमान भएको टिप्पणी गरे ।
उनले आफूले कहिल्यै गोली चलाउने आदेश नदिएको दोहो¥याउँदै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । उनका अनुसार आगजनी, लुटपाट र हिंसामा ज्यान गुमाएका घटनाको यथार्थ लुकाएर आफूविरुद्ध षड्यन्त्र रचिएको छ । झुटको प्रचारभन्दा सत्य तथ्य आमनागरिकसमक्ष ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।














