काठमाडौँ, २२ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष हुने विषयमा प्रश्न उठाएका छन्।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन अझै सुरक्षा चुनौती रहेको बताएका हुन्।
जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि ८० हजार सेना परिचालन भइसकेको र सुरक्षामा कुनै कमजोरी नहुने स्पष्ट पारिन्।
उनले हिमाली जिल्लामा हिमपात भएमा मात्र निर्वाचन सर्न सक्ने सम्भावना रहेको बताउँदै, मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नछोडिने आश्वासन दिइन्।
करिब दुई घण्टा चलेको छलफलमा एमाले नेता विष्णु रिमाल पनि सहभागी थिए।














