काठमाडौं, २२ माघ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै उनले जनताबाट अस्वीकृत दलहरूसँग गठबन्धन नहुने स्पष्ट पारे ।
प्रचण्डले प्रत्यक्षतर्फ एमालेभन्दा बढी सिट जित्ने दाबी गर्दै निर्वाचन तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए ।
बैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि एक्लै उत्साहका साथ निर्वाचन लड्ने पार्टीको निर्णय दोहो¥याए ।














