काठमाडौँ, २२ माघ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन्।
झापामा आयोजित भेटघाट कार्यक्रममा उनले यसअघि निर्वाचनको वातावरण नबनेको धारणा राखे पनि अब तोकिएकै मितिमा निर्वाचन हुने सम्भावना प्रबल रहेको उल्लेख गरे।
फागुन २१ मा निर्वाचन नभए केही समयपछि भए पनि जित्ने पार्टी नेकपा एमाले नै हुने उनको दाबी छ।
ओलीले नेकपा एमाले देशभक्त, राष्ट्रवादी र राष्ट्रिय हितको संरक्षण तथा संवर्द्धन गर्ने अग्रणी पार्टी भएको बताए।
एमाले सरकारमा रहँदा विकास निर्माणका कामले गति लिएको पनि उनले दाबी गरे।














