जनकपुर, २१ मघ । मधेश प्रदेश सभाले बुधवार जनकपुरमा आफ्नो आठौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
प्रदेशसभाको परिसरमा मधेशको मौलिक संस्कृति, पहिचान र सभ्यतालाई झल्किने मञ्च, मिथिला कला र परम्परागत सजावटसहित कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, पूर्व सांसद तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
आठ वर्षको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे चर्चा गर्दै वक्ताहरूले जनउत्तरदायी, पारदर्शी र समावेशी विधायिका निर्माणमा प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए ।














