काठमाडौं, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेल चार दिने जापान भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिहरूले उनको स्वागत गरेका थिए ।
नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार माघ १८ गते जापान प्रस्थान गरेका राष्ट्रपति पौडेलले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानएसँग भेटवार्ता गरेका थिए ।














