जनकपुर, २१ माघ । मधेश प्रदेशसभाले आज आफ्नो ८औँ वार्षिकोत्सव मनाउँदैछ ।
माघ २१ गतेकै दिन प्रदेशसभाको पहिलो बैठक बसेको थियो । वार्षिकोत्सवको अवसरमा प्रदेशसभाले मानव सेवा आश्रम, जानकी वृद्धाश्रम र कबिर बाल आश्रमलाई सहयोग गरेको छ भने वृक्षारोपण, सरसफाइ तथा वित्तीय संघीयतासम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको छ ।
आज प्रदेशप्रमुख डा. सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिएको सभामुख रामअशिष यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा मिथिला कला झल्किने स्टेज तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछन् ।














