काठमाडौं, २१ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा परिचालित भएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार देशभर ७९ हजार ७२७ सेना खटाइएका छन् । सेना तेस्रो घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै गस्ती तथा सुरक्षा ड्युटीमा रहनेछ ।
संवेदनशील तथा विकट क्षेत्रमा संयुक्त र हवाई गस्तीको व्यवस्था गरिएको छ । सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्टान्डबाई’ राखिएको छ, जसको प्रयोग मतपेटिका ढुवानी र आकस्मिक सुरक्षामा हुनेछ ।
निर्वाचन अवधिभर बम डिस्पोजल टोली पनि ‘अलर्ट’मा रहनेछ । यसैगरी निर्वाचनका बेला महत्वपूर्ण प्रतिष्ठान, कारागार र विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनाले लिनेछ ।














