काठमाडौं, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा निर्वाचन दोस्रो चरणमा गराउन सकिने बताएकी छन् ।
कावासोती–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने स्पष्ट पारिन् ।
कम मतदाता भएका क्षेत्रमा सवारीसाधन प्रयोग गरी भए पनि मतदान गराइने र असम्भव अवस्था आएमा मात्र दोस्रो चरणमा निर्वाचन गरिने उनले बताइन् ।
हालसम्म निर्वाचन सार्ने कुनै निर्णय नभएकाले फागुन २१ गतेको निर्वाचनमा ढुक्क भएर सहभागी हुन उनले आग्रह गरिन् ।














