रौतहट, २० माघ । जिल्ला रौतहटको यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको सोमबार राति निधन भएको छ ।
राति करिब १२ बजे अचानक हृदयाघात भएपछि उनलाई तुरुन्तै वीरगञ्ज लैजान खोजिएको थियो । बाटोमै उनको निधन भएको परिवारजनले बताएका छन ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि यमुनामाईस्थित निवासमै राखिएको छ ।
मुखिया २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।














