मोरङ, २ माघ । मोरङको रंगेली नगरपालिका–५ मा घरेलु विवादका क्रममा एक युवकले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन् ।
धनपट्टीस्थित ससुराली पुगेका २१ वर्षीय मुकेशकुमार मण्डलले पत्नी अम्बिकाकुमारी मण्डललाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।
पत्नीको घटनास्थलमै मृत्यु भएपछि मुकेशले पनि सोही चक्कुले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














