झापा १९ माघ । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग कुन दल, उम्मेदवार वा चुनाव चिह्नमा मतदान गर्ने भन्ने प्रश्न नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेद्वारा जारी विज्ञप्तिमा यस्तो गतिविधिले मतदाताको गोपनीयता भंग हुने र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन हुने स्पष्ट गरिएको छ ।
आचारसंहिता उल्लंघन गर्दै गोपनीयता भंग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी प्रशासनले दिएको छ ।














