बुटवल, ५ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का धनबहादुर मास्की, उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
उनीहरू क्रमशः दाङ–३, बर्दिया–२ र रुपन्देही–४ बाट प्रतिनिधिसभा उम्मेदवारी दिने तयारीमा छन् ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार तीनै जनाको राजीनामा पत्र सचिवालयमा प्राप्त भइसकेको छ । सचिवालयले मनोनयन दर्ता अघि औपचारिक सूचना सार्वजनिक गर्ने जनाएको छ ।














