काठमाडौं, २७ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा आन्तरिक विवाद थप चर्किएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन विधानविपरीत र अवैधानिक भएको दाबी गर्दै आएका छन् ।
उनीहरूले पार्टीका सबै निर्णय विधि र विधानअनुसार मात्रै हुनुपर्ने अडान राखेका छन् ।
यता विशेष महाधिवेशन पक्षधर नेताहरूले भने पार्टीको नेतृत्व र नीतिगत दिशाबारे निर्णय गर्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका छन् ।














