काठमाडौं, २० पुस । अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विरोधमा नेपाली विद्यार्थी उत्रिएका छन् ।
अमेरिकाले शनिबार राति भेनेजुएलामाथि सैन्य आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतिलाई अमेरिका लिएर गएको थियो ।
त्यसको विरोधमा आइतबार संयुक्त विद्यार्थी संगठनले काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।














