काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र तत्कालीन उज्यालो पार्टीबीच गणतन्त्र, संविधान र संघीय संरचनालाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको छ ।
संघीयताप्रति असहमति रहेको विषयमा दुवै पक्षबीच भएको वार्तापछि एजेन्डागत विवाद टुंगिएको नेताहरूले बताएका छन् ।
अब केन्द्रीयदेखि प्रदेश र जिल्लासम्म संगठनात्मक समायोजन अघि बढाइनेछ, जसमा उज्यालो पार्टी पक्षलाई करिब ३० प्रतिशत प्रतिनिधित्व दिने तयारी छ ।
समायोजन र निर्वाचन उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ ।














